२०८२ असार २७ गते शनिवार

बुधबार कस्तो छ देशभरको मौसम


दाङ,पुस २४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

बुधबार राति पनि कोशी प्रदेशकै हिमाली र पहाडी भूभामा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।

महाशाखाले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेका छ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *