दाङ,पुस २३ । नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।
मंगलबार बिहान ६ : ५० मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । उनले सचेत रहन आग्रह समेत गरे ।
पछिल्लो समय पश्चिम नेपालमा भूकम्प गइरहेका बेला आज फेरि नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । बिहानै भूकम्प जाँदा सर्वसाधारण सडकमा निस्किएका छन् ।
भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।
प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार

