२०८२ कार्तिक ३० गते आइतवार

सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिले अवदेखि उपचारमा लागेको रकम फिर्ता पाउने


तुलसीपुर, पुस २२ । दाङवाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सबैको उपचार अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ । सोमबार काठमाडौंमा प्रतिष्ठानका पदाधिकारी र सामाजिक सुरक्षा कोषका पदाधिकारी बीच सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार प्रतिष्ठानवाट प्राप्त गर्ने गरी सम्झौता भएको हो ।


सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानवाट उपलब्ध हुनेछ ।
तर, त्यसका लागि कोषमा आवद्ध विरामीले २४ घण्टाभित्र अनलाइन रेकर्ड बुझाउनु पर्ने छ । त्यसो गरे उपचार गर्दा लागेको रकम भुक्तानी हुने छ । दाङवाट मात्रै सामाजिक सुरक्षा कोषमा पाँच हजार बढी ब्यक्ति आवद्ध छन् ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध ब्यक्तिहरुको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता भएको बताए ।


कोषमा वैदेशीक रोजगारमा गएका ब्यक्तिहरु, विभिन्न बैंक तथा कम्पनिका सुरक्षा गार्ड कम्पनिमा आवद्ध सुरक्षा गार्डहरु, कर्मचारीहरु आवद्ध छन ।

यसअघि घोराहीको मितेरी हस्पिटलवाट उपचार हुँदै आएकोमा अव विशेषज्ञ सेवासहितको सेवा प्रतिष्ठानवाट कोषमा आवद्ध भएका ब्यक्तिहरुले पाउने छन् ।
कोषमा आवद्ध ब्यक्तिहरुको उपचार गर्ने गरी सम्झौता भएको देशै भरको पहिलो प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै हो ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *