२०८१ फाल्गुन ७ गते बुधवार

बेलझुण्डीमा २ मोटरसाइकल आपसमा ठोक्किए , रोल्पा र रुपेन्दीका दुई युवा घाइते


तुलसीपुर, पुस २२ । तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत बेलझुण्डीमा सोमबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई युवा घाइते भएका छन् ।


त्यो दुर्घटनामा परि रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का ४७ बर्षीय कृष्णबहादुर डाँगी र रुपन्देहीको बुटवल उपमहानगरपालिका – १२ का २७ बर्षीय रामप्रशाद घिमिरे घाइते भएका छन् ।


रोल्पाका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा र घिमिरेको राप्ती लाइफ केयर हस्पिटल मोतिपुरमा उपचार भइ रहेको छ । प्रहरीका अनुसार डाँगीको अवस्था सामान्ने छ भने घिमिरको अवस्था मध्यम छ । उनको दाहिने हात र टाउकोमा चोट छ ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार रोल्पाका डाँगी सवार रा २ प ५८१० नम्बरको मोटरसाइकल तुलसीपुरबाट घोराही तर्फ जाँदै थियो भने बुटवलका घिमिरे सवार लु १८ प ८३९८ नम्बरको मोटरसाइकल घोराहीबाट तुलसीपुर तर्फ आउँदै गर्दा बेलझुण्डीमा आपसमा ठोक्किएका थिए ।


दिउँसो साढे तीन बजेतिर दुई मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – १८ मा आपसमा ठोक्किएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइ रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *