२०८२ साउन १ गते बिहिवार

दुर्घटना न्यूनीकरणका लागी सबै निकाय जिम्मेवार र संवेदनशील हुनुपर्छ : मन्त्री न्यौपाने


तुलसीपुर,पुस २१। लुुम्विनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायहरु संवेदनशील र जिम्मेवार भएर लाग्नु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आइतबार विभिन्न सरोकार निकायसंगको सहकार्यमा तुलसीपुरमा आयोजना गरेको बढ्दो सवारी दुर्घटना न्यूनिकरणमा हाम्रो चासो विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री न्यौपानले यस्तो बताएका हुन् ।

‘केहि समय पहिले विश्वस्वास्थ्य संगठनले पनि सडक सुरक्षामा नेपाल उच्च जोखिममा रहेको भनेको छ अव सडक सुरक्षाका विषयमा सवै जिम्मेवार र संवेदनशील हुनुपर्छ – मन्त्री न्यौपानेले भने ।’

उनले कुलग्राथ उत्पादनको ३ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुपाउने गरेका भन्दै नेपालमा पछिल्लो १० बर्षमा २५ प्रतिसतले दुर्घटना बढेको तथ्याङले देखाएको बताए ।

उनले सवै भन्दा बढी सवारी साधन भएको छिमेकी जिल्ला भारत र चिनमा सवारी दुर्घटनाको दर घटेको र नेपालमा बढेको अवस्थमा त्यसलाई न्यूनिकरण गर्ने दायित्व सवैको भएको बताए ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आफुहरुको सुरक्षा रणनिति तयार गर्ने काम भएको भन्दै विपद् जोखिम अन्तर्गत सडक सुरक्षा पनि भएको बताए ।

लम्सालले जिर्ण सडकको मर्मत र सडकमा पहिरो हटाउने लगायत विकास व्यवस्थापनमा सहजिकरण गरि रहेको बताए ।

उनले विभिन्न कारणले पछिल्लो समयमा दुर्घटना बढेको भन्दै मापासे लामासे लगायत विभिन्न कारणले दुर्घटना बढेको भन्दै त्यसका लागि सचेतना आवश्यक भएको बताए ।

सवै पक्ष जिम्मेवार भएमात्र दुर्घटना न्यूनिकरण हुने भन्दै पत्रकारहरुले पनि सचेतना कार्यक्रमहरुलाई बढाउनु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी लम्सालले दाङमा बैदेशि रोजगारीमा ठगि, मिटर व्याज, जग्गा अतिक्रमण विकास आयोजनामा सुस्तता मापासे, लापासे लगायतका सुरक्षा चुनौतिहरु रहेको बताए ।

उनले यसको विषयमा विद्यालय स्तरमै पाठ्यक्रम निर्माण गरि विद्यार्थीलाई सचेताना दिनुपर्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सवैले नकारात्मक कुरा र काम गर्ने प्रवृतिको अत्य गरि सकारात्मक कुरामा लाग्न पर्ने बताइन् ।

उनले दुर्घटना न्यूनीकरणका लागि आफुरुले विभिन्न अभियान थालेको समेत बताइन् । उनले ट्राफिक व्यवस्थापन चुनौतिको विषय रहेको भन्दै आफुहरुले विभिन्न सचेतना कार्यक्रम गदै आएको बताइन् ।

‘दुर्घटना न्यूनिकरणका लागि सचेतना प्रमुख आवश्यकता हो शिक्षामार्फत यसलाई न्यूनिकरण गर्नु पर्छ –उनले भनिन् ।

त्यस्तै नागरिक अगुवा वरिष्ठ पत्रकार टिकाराम रेग्मीले दुर्घटना न्यूनिकरण गर्ने सवैको दायित्व भएको भन्दै अधिकार संगै सवैले कर्तव्यलाई ख्याल गर्नु पर्ने बताए ।

त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाहले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई मात्र दुर्घटना कस्तो हुन्छ भन्ने पीडा हुने भन्दै दुर्घटनाको न्यूनिकरणमा सवै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।

उनले दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको समेत बताइन् ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी आ-आफ्नो जिम्मेवारी बहन नगर्दा दुर्घटना बढीरहेको सबै स्थानीय तहले आफ्नो क्षेत्रधिकार भित्र पर्ने सडकहरुको अध्ययन गरि मर्मत सम्भारमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल पत्रकार महासघ दाङका निबर्तमान अध्यक्ष दुर्गालाल केसी दाङमा नियमित रूपमा दुर्घटना मानबिय र भौतिक क्षति भैरहेको सडकलाई नियमित मर्मत सम्भार आबस्यक छ यश तर्फ गम्भीर हुनुपर्ने बताए ।

रासस दाङ प्रमुख नारायणी रजौरे दिनहुँ जिल्लामा हुने सवारी दुर्घटनाका घटनाहरु रोक्न सबैले हातेमालो जरुरी रहेको बताइन् ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख राजेश साही विभिन्न कारणले दुर्घटना हुने गरेको बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशव राज भण्डारी देशको मेरुदण्डको रूपमा रहेको यातायात क्षेत्र धोस्त हुँदै गएको बताउदैं जिर्ण अबस्था भएको सडकको कारणले गर्दा समयमै ठांउ सम्म पुग्न नसकेको बताए ।

सो अवसरमा रिपोर्टर्स क्लव दाङले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा पत्रकारहरुलाई सम्मान समेत गरेको छ ।

त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले स्थापना गरेको बालकृष्ण–जितेन्द्र उत्कृष्ट पत्रकारी पुरस्कार बाट पत्रकार जितसागर जि.ए.म र समाजसेवि प्रमोद लामिछानेले स्थापना गरेको पुरस्कार उत्कृष्ट दुर्गा–मोता लामिछाने पत्रकारीता पुरस्कारबाट पत्रकार यमकला भुसाल र उमा भण्डारीलाई पुरस्कृतगरेको रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।

त्यस्तै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ज्ञानज्योति फाउण्डेसनका सिइयो सुरेन्द्र जिसीलाई सम्मान गरिएको थियो ।

त्यस्तै रासस प्रमुख नारायणी रजौरेले रिपोर्टस क्लबमा ५१ हजार रूपैयाको रासीको अक्षयकोष स्थापना गरेकी छन् ।

उनले प्रत्येक बर्ष कृयाशिल पत्रकारहरुलाई पुरस्कार वितरण गर्ने बताइन् । कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरेका थिए ।

जिल्ला प्रसासन कार्यालय दाङ,जिल्ला प्रहरी कार्यालय दाङ,यातायात ब्यवस्था कार्यालय तुलसीपुर,ईलाका प्रहरी कार्यालय जिल्ला ट्राफिक कार्यालय दाङ,तुलसीपुर,तुलसीपुर उद्योग बाणिज्य संघ ,त्रिसिद्देस्वरी राप्ती यातायात प्राली,ज्ञान ज्योति फाउन्डेसन तुलसीपुरको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *