२०८२ कार्तिक २९ गते शनिवार

तुलसीपुरमा १४ बर्षीया बालिकामाथि सामुहिक बलात्कार

हप्ता दिन पछि मात्रै प्रहरीले सार्वजनिक ग¥यो घटना


तुलसीपुर, पुस २० । तुलसीपुुरमा एक जना १४ बर्षीया बालिका माथि भएको सामुहिक बलात्कारको घटना प्रहरीले हप्ता दिनपछि मात्रै सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ती बालिकालाई ललाई फकाई तुलसीपुर उपमहानगरपालिका – १२ स्थित टरिगाउँ फूटबल मैदानको अगाडि जंगलमा एक युवकले पुस १३ गते पु¥याएका थिए ।


त्यहाँ प्रेमीको साथमा पुगेकी भनिएकी ती बालिकालाई थप तीन जना ब्यक्तिले चारेतिरबाट घेरा हालेर नियन्त्रणमा लिएका थिए । उनीहरुले ती बालिका संगै गएका ब्यक्तिलाई बाँधेका थिए ।

त्यसपछि ती बालिकालाई केही पर जंगलमा लगेर दुई जनाले पालैपालो बलात्कार गरेका थिए । बलात्कारमा दुई जनाले सघाएको प्रहरीले बताएको छ । बलात्कारमा संलग्न मध्य एक जना भने अझैं फरार छन् । तीन जनालाई नियन्त्रणमा लिइ सकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *