दाङ, पुस १९ । बझाङमा भएको जीप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ ।
जीप चालक केदारस्यूँ गाउँपालिका–१ का ३२ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षे बम्मबहादुर धामीको घटनास्थलमा मृत्यु भएको थियो ।
धामीकी ६ बर्षीया नातिनी आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजथाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
बिहीबार राति साढे ९ बजेतिर तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाँदै गरेको से १ज ८४३ नम्बरको बोलेरो जीप धमेना नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनाको कारण खुली सकेको छैन । घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार