२०८१ फाल्गुन ७ गते बुधवार

बिपी चोकमा ट्रकको ठक्करबाट घाइते गिरीको मृत्यु

तुलसीपुर, पुस १८ । बिपी चोकमा बिहान ट्रकको ठक्करबाट घाइते भएका टेकबहादुर गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिका – ५ का ७० बर्षीय गिरीको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज नसिंह होममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बिनोदराज खत्रीले बिहीबार दिउँदो साढे १ बजेतिर गिरीको मृत्यु भएको जानकारी दिए ।

पैदल हिडिरहेका गिरीलाई बिपी चोकमा बिहान साढे ९ बजेतिर लु १ ख ६८९३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रक तुलसीपुरको बीरेन्द्र चोकवाट बसपार्क तर्फ जाँदै थियो ।


गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । गिरीको बाँया हात, खुट्टा र अनुहारमा चोट पटक लागेको थियो ।

तुलसीपुरको ब्यस्त बजारको चोकमा पैदल हिडिरहेका गिरीलाई ट्रकले ठक्कर दिएको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक घोराही उपमहानगरपालिका – १४ का ४५ बर्षीय प्रेमबहाुदर सुनार प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *