तुलसीपुर, पुस १८। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल बुझाउने काउन्टर दुई दिन बन्द हुने भएको छ ।
तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले दुई दिन विद्युत महशुल बुझाउने काउन्टर बन्द हुने प्राधिकरणले जनाएको छ ।
सर्भर मर्मतका लागि काठमाडौं पठाउने भएकाले बिहीबार र शुक्रबार महशुल बुझाउने काउन्टर बन्द हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।
‘यस तुलसीपुर वितरण केन्द्रको सर्भरमा समस्या आएकाले मर्मत गर्न काठमाडौं लैजानु पर्ने भएको र विद्युत महशुल काउन्टर सञ्चालन गर्न कठिनाई भएकाले पुस १८ र १९ गते दुई दिन विद्युत महशुल भुक्तानी हुने काउन्टर बन्द हुने जानकारी गराइन्छ प्राधिकरणले सूचनामा भनेको छ’ ।
प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार