२०८२ कार्तिक २९ गते शनिवार

बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु


दाङ, पुस १७ । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ।

मंगलबार राति सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका – ९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरलाई बसले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते तुलाधरको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा राति १० बजेपछि मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

ठक्कर दिएपछि बा .प्र ०१–००६ ख २००४ नम्बरको बस सडकमै पल्टिएको थियो । बसको चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *