२०८२ असार २७ गते शनिवार

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला


तुलसीपुर,पुस १२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यकक्षमा तालाबन्दी भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डाँगी कार्यकक्षमै भएको समयमा सर्पदंश उद्धारकर्ता प्रभाव भण्डारीले बाहिरबाट ताला लगाएका हुन ।

सबै प्रक्रिया पुरा गर्दा समेत प्रमुख प्रशासकीय अधिकृत डाँगीले सर्प महोत्सवको भुक्तानी दिन आनाकानी गरेपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाईएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा गत कात्तिक ८ गतेदेखि १० गतेसम्म सर्प महोत्सव आयोजना भएको थियो ।

उक्त महोत्सवमा तुलसीपुर उपमहानगरपालिकाले ४ लाख रुपैयाँ दिने सहमति भएको थियो ।

सबै प्रक्रिया पुरा गरेर विल कार्यपालिका बैठकमा पेश भएर कार्यपालिकाको बैठकले ४ लाख रकम दिने निर्णय गर्दा समेत डाँगीले रकम दिन आनाकानी गरेपछि उनको कार्यकक्षमा ताला लगाइएको हो ।

अहिले प्रहरी आएर ताला खोलेर सहमतिका लागि छलफल जारी छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *