२०८२ कार्तिक २२ गते शनिवार

पलिकामा पुस २७ गतेभित्र प्रतिनिधि सभा गर्ने निर्णय

घोराही, पुस १० । नेपाल शिक्षक संघ दाङले जिल्लाको प्रतिनिधिसभा आगामी माघ २६ गते गर्ने निर्णय गरेको छ ।

बुधकार घोराहीमा भएको संघको पूर्ण बैठकले घोराहीमा प्रतिनिधिसभा गर्ने निर्णय गरेको हो ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा भएको बैठकले सबै पालिकाहरुको स्थानीय प्रतिनिधि सभा पुस २७ गतेभित्र गर्ने निर्णय गरेको छ ।


बैठकले शिक्षक महासंघ गठन हुन बाँकी पालिकाहरुमा गठनका भूमिका निर्वाह गर्ने,सदस्यता नविकरण हुन बाँकी भएमा तीव्रता दिने, संघमा महिला विभाग दाङको आयोजनामा माघ १९ गते पेशागत क्षमता तथा नेतृत्व सीप विकास कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेपाल शिक्षक संघका संघीय पूर्व उपाध्यक्ष एवं सल्लाहकार अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनीका उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष एवं सल्लाहकार युबराज बस्नेत,सल्लाहकारहरु जितबहादुर जिसी , बसन्तराज घिमिरे, लुम्बिनी प्रदेश सदस्य ढकबहादुर वली, निवर्तमान उपाध्यक्ष योगराज खत्री लगाएतले आफ्नो पालिकाका प्रगति प्रतिवेद पेश गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *