तुलसीपुर, पुस १० । तीब्र गतिको अटो घुम्तिमा पल्टिदा दाङको देउखुरीमा एक जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् ।
दुर्घटनाका घाइते मध्य राजपुर गाउँपालिका –३ भैंसहवाका ५० वर्षीय तुलाराम बिकको उपचारका क्रममा घोराहीमा मृत्यु भएको हो । बिकको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले जानकारी दिए ।
तुलारामलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही ल्याइएको थियो । दुर्घटनाका घाइते मध्य राजपुर – ४ का ३६ वर्षीय प्रेमचन्द्र यादवलाई पनि थप उपचारका लागि घोराहीस्थित प्रतिष्ठानमा ल्याइएको छ । अर्की घाइते राजपुर – ३ भंैसहवाकी ४० वर्षीया बसन्ती बिकको भने लमहीमै उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
तीब्र गतिका कारण अटो घुम्तिमा अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । अटो चालक राजपुर – ३ भंैसहवाका ४० वर्षीय मदन बिकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरि रहेको छ ।
गढवा–कोइलाबास सडकखण्डअन्तर्गत गढवा गाउँपालिका–५ मा रा १ ह ५९०४ नम्बरको अटो रिक्सा दिउँसो १ ः ५० बजेतिर कक्रहवास्थित मोडमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । अटो राजपुरबाट कोइलाबासतर्फ जाँदै थियो ।