२०८२ असार ३० गते मङ्गलवार

आपसी प्रेम, शान्ति र सहिष्णुतामा पर्वहरुले सघाउँछन् – मुख्यमन्त्री आचार्य

देउखुरी, पुस १० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्नु पर्ने बताएका छन् । उनले सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको उल्लेख गरेका छन् ।


क्रिसमस पर्वको अबशरमा बुधवार सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको सम्पूर्ण इसाई धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा लुम्बिनी प्रदेशले सबै धर्म र संस्कृतिलाई समान आदर गर्ने गरेको र त्यसले एकता मजवुत बनाउन मद्दत गरेको उल्लेख गरेका छन् ।


पर्वहरुले आपसी प्रेम, शान्ति र सहिष्णुताको सन्देश अभिव्यक्त गर्ने उनले उल्लेख गरेका छन् । समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्न पर्वहरुले सघाउने उनले विश्वास ब्यक्त गरेका छन् ।
इसाई धर्मका अनुयायीले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गर्छन ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *