२०८२ कार्तिक २९ गते शनिवार

राहात वितरण प्रक्रिया सहज बनाउन माग

बाँके, पुस ९ । वन्यजन्तुबाट पीडित बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित टिकुलीपुरका स्थानीयले राहत प्रक्रिया सजिलो बनाइदिन माग गरेका छन ।

उनीहरुले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन ।

समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले आयोजना गरेको गोलघर सम्वाद कार्यक्रम युएसएडको सहयोगमा ‘द एसिया फाउन्डेशन’ मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान मार्फत कार्यक्रमका सहभागिहरु त्यस्तो बताएका हुन ।


कार्यक्रममा स्थानीय सिमा केसीले बाख्रा बाघले खाएको लामो समयसम्म पनि राहत पाउन नसकेको गुनासो गरेकी थिइन । उनले प्रक्रिया लामो र झन्झटिलो भएके भन्दै सहज बनाइदिन आग्रह गरेकी थिइन ।

त्यस्तै सिताराम जैसीले बंदेल र बाघले मात्र होइन सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नु परेको हुँदा उचित क्षतिपूर्ती पाउनु पर्ने माग गरेका थिए ।


स्थानीय पदमी पुनले एलानी जग्गा भएका कारण पनि राहत पाउन नसकेको गुनासो गरे । स्थानीय वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयका समस्या समाधानका लागि छलफल सहयोगी हुने आशा ब्यक्त गरे ।

उनले राहत वितरण प्रक्रियाका सहज बनाउन माग गरेका थिए । कार्यक्रममा बिषयविज्ञ प्रकाश उपाध्यायले मानव र वन्यजन्तु विचको द्वन्द न्यूनिकरण, राहत प्रक्रिया र बिमा प्रक्रियाका बारेमा अबगत गराएका थिए । कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *