२०८२ असार ३० गते मङ्गलवार

तुलसीपुरमा बाँस, कृषि, बन उद्यम सम्मेलन

आर्थिक विकासका लागि बाँसका सामग्रि उत्पादन र बजारीकरणमा जोड


तुलसीपुर,पुस ९ । तुलसीपुरमा बाँस, कृषि, बन उद्यम सम्मेलन गरिएको छ । सम्मेलनमा बाँसबाट विभिन्न सामग्रि उत्पादन गरी स्वरोजगार बन्न सकिनेमा सरोकारवालाले जोड दिएका छन् ।

ग्रिन फाउण्डेशन नेपालले सोमबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बाँसबाट विभिन्न सामग्रि उत्पादन गरेर आर्थिक विकास गर्न सकिनेमा जोड दिएका छन ।

बाँसबाट विभिन्न सामग्रि बनाउनका लागि गरिएको तालिम समापनको अवसरमा बाँस गाउँ विस्तार र उत्पादनको विषयमा चर्चा गरिएको छ ।

कार्यक्रममा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बाँस गाउँ विस्तार अभियान संचालन गरी आर्थिक विकास गर्न सकिने बताएका छन । उनले बाँस रोप्ने र बाँसबाट विभिन्न सामग्रि बनाउने अभियानलाई विकास र विस्तार गर्न सकिने बताए ।

आर्थिक संकट, रोजगारीको अभाव र जलवायु परिवर्तनले ल्याएका चुनौतीहरूलाई उल्लेख गर्दै बाँस र बाँसबाट उत्पादित सामग्रीमार्फत समाधान खोज्नुपर्नेमा उनको जोड छ ।

त्यस्तै डिभिजन बन कार्यालय दाङका प्रमुख इश्वरी पौडेलले दाङमा बाँसको उत्पादन र बाँसबाट सामग्रि उत्पादन गर्नुपर्ने बताए ।

भु -तथा जलाधर ब्यबस्थापन कार्यालयका बरिस्ठ अधिकृत राकेश साहीले नेपालमा बांस बिस्तार र उधम बिकासको सम्भावना बारे जानकारी गराए ।
उनले एक वन, एक उद्यम कार्यक्रम अन्तर्गत ३८५ सामुदायिक वनहरूलाई पाँच लाखको बजेट उपलब्ध गराइने जानकारी दिए ।
ग्रिन फाउन्डेसनका बन प्राबिधिक तिलोचन भण्डारीले बांसलाई गरिबको काठ समेत भन्ने गरिएको बताए । उनले नेपालमा ८१ प्रजातीमा बांस पाइने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले स्थानीय उत्पादन र बजारीकरण गरेर मात्रै आर्थिक विकास संभव हुने बताए । उनले संस्कृति र प्रकृतिको संरक्षण हुने गरी स्थानीय कच्चा पदार्थबाट बनेका सामग्रि प्रयोगका लागि स्थानीय सरकारले आवश्यक नीति बनाउने बताए ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानीय उत्पादनको प्रवर्द्‌धन र दीगो व्यवसायको लागि सोच्नुपर्ने बताए । उनले बाँससंग सम्बन्धित उत्पादनहरूलाई बजारसंग जोड्‌न सकिने बताए ।

फाउण्डेशन दाङका उपाध्यक्ष आशा जिसिको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष भिम बहादुर योगी ,तुलसीपुर ३ का अध्यक्ष वीर बहादुर बिक ,तुलसीपुर ८ का अध्यक्ष धर्मराज वली ,दंगीशरण ६ का अध्यक्ष रोशन साहले लोप हुदै गएको बांसको संरक्षण गर्न अत्यावश्यक रहेकोमा जोड दिए ।

त्यस्तै पारिवारिक निजि बन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष
पदम केसी ,नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत ,तुलसीपुर उपमहानगरपालिका उद्योग शाखा प्रमुख रेखा शर्मा ,शान्तिनगर गाउँपालिका स्थानीय बन उपभोक्ता अध्यक्ष भिम खत्री ,मेट्राे कलेजका प्रमुख वसन्त आचार्य,स्थानीय सामुदायिक बन उपभोक्ता महासघ तुलसीपुरका सचिव रक्षा काफ्ले ,राप्ती शान्ती उधानका अध्यक्ष डिल्ली बहादुर भण्डारी ,
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषि भण्डारी लगाएतले उधमीहरुले उत्पादन गरेका हस्तकला सामग्रीहरुको बजारीकरणका लागि हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

सम्मेलनमा तुलसीपुरका स्थानीय उद्यमीहरूले बाँसबाट तयार हुने उत्पादनहरू—फोटो फ्रेम, कलमदानी, भित्ते फूलदानी, चुरा स्ट्‌यान्ड, डोका, गैजा, मुडा, छिट्‌नी लगायतका प्रदर्शनी गरिएको हो ।

त्यस अवसरमा कालीका पकरे कृषि वन उद्यम समूहका उपाध्यक्ष कुलबहादुर केसीले २०५५ सालदेखि बाँस उत्पादक तथा व्यापारीको रूपमा आफ्नो अनुभव सुनाउँदै बजारमा यसको माग बढ्‌दै गएको बताए ।

सम्मेलनले दाङ लगायत देशभर बाँस उद्योगको विकास र स्थानीय उत्पादन प्रवर्द्‌धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको सहभागीले बताएका छन् ।

त्यस अबसरमा २१ दिने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियोे । तालिममा हेमराज राना र
सुस्मिता चौधरी उत्कृष्ट बनेका थिए ।

कार्यक्रममा ग्रिन फाउन्डेसन दाङका अध्यक्ष बिस्नु बहादुर केसी अध्यक्ष धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण हरियाली मञ्च नेपाल दाङका अध्यक्ष सुरेश रावतले गरेका थिए ।

उत्त तालिमको प्रशिक्षकमा राम प्रसाद राई र तुल बहादुर केसी रहेका थिए ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *