
घोराही, मंसिर ८ । निजी बिद्यालयहरुको संगठन प्याब्सन दाङको नयाँ नेतृत्व चुन्न मतदान भएको छ ।
मतदानवाट निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको अध्यक्षमा निर्मल न्यौपाने निर्वाचित भएका छन । आइतबार भएको प्याब्सन दाङको १६औं अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन ।
न्यौपाने ६२ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत प्राप्त गरेका थिए । कुल १५७ मतमा ११८ मत खसेको थियो ।
प्याव्सनको बरिष्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द निर्वाचित भएका छ्न । चन्दले ६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा शोभाखर भुसाल, सचिवमा आदिम केसी सर्वसम्मत निर्वाचित भएका छन । कोषाध्यक्ष पदमा भने मतदान भयो । कोषाध्यक्षमा हरि वली ६० मत प्राप्त गरि निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी पोषण न्यौपानेले ५८ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिवमा कृष्णप्रसाद पोख्रेल, सहकोषाध्यक्षमा बिमल अधिकारीपनि सर्वसम्मत निर्वाचित भएका हुन ।
सदस्यमा विजय गौतम, हरिप्रसाद पौडेल, सुनिल गौतम, केशकुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चौधरी, गोविन्द खनाल, दिपक पोख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन ।