घोराही, पुस ८ । घोराही उपमहानगरपालिका–७ स्थित माध्यमिक विद्यालय सौडियारमा संचालन भएको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञबाट ३२ लाख बढी बचत गरेको छ ।
विद्यालयले पत्रकार सम्मेलन गरि महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आर्थिक जोहो गर्न महायज्ञ सञ्चालन गरिएको थियो ।
महायज्ञबाट संकलन भएको ४४ लाख ७० हजार ४४ रुपैयाँमध्ये ११ लाख ९४ हजार चार सय ३६ रुपैयाँ खर्च भएको तथा ३२ लाख ७५ हजार छ सय आठ रुपैयाँ बचत भएको महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले जानकारी दिएका छन ।
संयोजक भट्टराईका अनुसार दुई लाख ४२ हजार आठ सय ४७ रुपैयाँ संकलन हुन बाँकी छ । दाताबाट संकलित रकमले विद्यालयमा सभाहल निर्माण गरिने भएको छ । त्यसका लागि डिजाइनको काम भइरहेको छ । विद्यालयले स्थानीय, प्रदेश र संघीय सरकारसँग पनि सहयोग माग्ने भएको छ ।
दाता पहिचान उपसमिति संयोजक भुपबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिमप्रकाश खड्का र घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको बिशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।
मुल आयोजक समितिले महायज्ञलाई सफल बनाउन सहयोग गर्ने दातालाई धन्यावाद दिएको छ ।