२०८२ असार ३० गते मङ्गलवार

जमिन मुनिबाट सुन निकालेर दिने प्रलोभनमा पारी २ करोड ठगी आरोपमा हलवाई पक्राउ

दाङ, पुस ८ । इट्टाभट्टाको जमिनमुनि सुन रहेको र त्यो निकालेर दिने प्रलोभनमा पारी बाँकेका एक ब्यक्तिबाट दुई करोड ठगी गरेको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरीका ४२ बर्षीय सदाबुद्दिन हलवाई रहेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १९ मोहनपुर इट्टाभट्टा नजिकै बस्ने नसिर अहमद बेहेनाको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रबक्ता डिएसपी आयुशप्रशाद जोशीले जानकारी दिएका छन् ।

हलवाइले सुन निकालेर दिने प्रलोभनमा पारी बेहेनाबाट पटक ÷ पटक गरि करिब दुई करोड ठगी गरेको भन्दै बेहेनाले मंसिर १५ गते हलवाइका बिरुद्ध प्रहरीमा जोहरी दिएका थिए ।
परेको थियो । सोही जाहेरीका आधारमा खोजी गर्ने क्रममा प्रहरीले हलवाइलाई पुस ५ गते बिहान नेपालगञ्ज – ४ स्थित बसपार्क बाट पक्राउ गरेको थियो ।


‘इट्टाभट्टा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनेर पटक पटक गरि दुई करोड ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ,’ डिएसपी जोशीले भने ।

पक्राउ परेका हलवाइबाट तीन वटा माटोको घैंटाहरु र ती भित्र धातुले बनेका सिक्का एक हजार ४९ वटा सिक्का, थप तीन वटा पित्तलको घैंटाहरु, धातुले बनेको एउटा पुरानो चेन, धातुले वनेको एउटा गणेशको मुर्ती, बिभिन्न आकारका छ सय पत्तरहरु, धातुका डिब्बा तीन वटा, छालाको कालो रंगको झोला भित्र ताबिजसहितको एउटा डिब्बा, उर्दु भाषामा लेखिएको एउटा किताब, भारतिय नम्बर प्लेट यूपी ३२ पिपी ६११० नम्बरको कार र नेपाल र भारतका बिभिन्न बैंकका चेक तथा भौचरहरु बरामद भएको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ परेका हलवाइलाई चार दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी जोशीले बताए ।

पक्राउ परेका हलवाइ माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *