दाङ, पुस ८ । पाल्पामा एक बुद्धाको सुन सफा गरिदिने बाहानामा ठगी गरि भागेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
जिल्लाको रैनादेबी छहरा गाउँपालिका –७ की ७८ बर्षीया डिलकुमारी बगाले पुस ६ गते घरमा एक्लै रहेको अवस्थामा फेला पारि अपरिचत ब्यक्तिहरुले सुन सफा गरि नयाँ बनाइ दिने बाहानामा कानका दुई वटा रिङ निकालेका थिए ।
पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार उनीहरु सुन जस्तै देखिने नक्कली गहना दिएर भागी फरार भएका थिए ।
बृद्धालाई झुक्याएर गठी गरेको सूचना पाएपछि प्रहरी चौकी बल्ढेङगढीबाट खटिएको प्रहरीले रैनादेबी छहरा गाउँपालिका –७ तल्लो काउलेबाट चार जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको इशनाथ गाउँपालिका –२ का ३० बर्षीय अनिलकुमार साह, २१ बर्षीय आशिक साह, २१ बर्षकै राकेश साह र २१ बर्षकै कृष्ण साह पक्राउ परेका छन् ।
पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको छ ।
