तुलसीपुर,पुस ८ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर–११ का ३१ बर्षीय पंकज खत्री र पछाडी सवार रहेका रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षकै दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
तुलसीपुरबाट जसपुरतर्फ जादैं गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै आज दिउँसो ४ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार