२०८२ असार २४ गते बुधवार

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु

दाङ, पुस ७ । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका – ६ काजवाङ तेराका ३८ बर्षीय सहचालक लक्ष्मण दमाइको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटना आइतबार बिहान साढे ३ बजेति भएको हो । भित्री सडक अन्तरगतको हान्निङदेखि मेलडाँडा तर्फ बालुवा बोकेर जाँदै गरेको रा ४ त ६८१ नम्बरको ट्रयाक्टर ओरालोमा ब्रेक फेल भइ सडक बाट झन्डै तीन सय मटिर तल खसेको थियो ।


ट्रयाक्टर चालक दाङको घोराही उपमहानगरपालिका – ८ का २६ बर्षीय राजेश चौधरी हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । उनी प्रहरी नियन्त्रणमा छन् ।


दुर्घटनाका खबर पाएपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देबीसिंह बभण्डारी नेतृत्वको प्रहरी बिहान ७ बजेतिर घटनास्थल पुगेको थियो ।


दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ । दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट झन्डै १३ किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *