२०८२ कार्तिक २४ गते सोमवार

पिकअप भ्यानको ठक्करबाट तुलसीपुरमा एक महिलाको मृत्यु

तुलसीपुर,पुस ३ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ ।

लमही नगरपालिका–५ निवासी ५० वर्षीया लीला भुसालको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटीलाई विपरीत दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी लीलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए ।

स्कुटी चालक मृतककै छोरा २७ वर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पिकअप र स्कुटीलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *