तुलसीपुर,पुस ३ । दाङमा घरायसी विवादका कारण दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका २ भमके स्थित एकताटोल बस्ने बर्ष २९ का चित्र बहादुर बुढाथोकीले श्रीमतिको हत्या गरेका हुन ।
बुधबार बिहान १० बजेको समयमा घरायसी विवादका कारण टाउकोमा दाउले प्रहार गरि श्रीमती३२ बर्षिय हस्ति कुमारी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरि निज चित्र बहादुर बुढाथोकी फरार रहेको अबस्थामा तुल्सीपुर ७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तुल्सीपुर प्रहरी प्रमुख अनील ठकुरीले बताए ।
प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार