
ठक्कर दिने स्कूल बस लालमटियास्थित गोरखा माविको हो ।
तुलसीपुर, पुस ३ ।साँझ स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका – ८, बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय मोटरसाइकल चालक ३१ वर्षीय किशन शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडकखण्डको बिजौरीमा निजी विद्यालयको रा १क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुासार त्यसपछि आक्रोसित स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।
मृतकका दुई सञ्तान निशुल्क पढाइ दिने र श्रीमतिलाई स्कूलमा रोजगारी दिने सहमति पछि राति साढे १० बजे पछि राजमार्ग सूचारु भएको इलका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर माझीले फरककोणलाई बताए ।
बसको ठक्कर बाट मृत्यु भएका शाही इण्डियन आर्मी हुन । उनी घर बिदामा आएका बखत दुर्घटनामा परेका थिए ।
यही सडक खण्डमा सोमबार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर – ३ बसन्तपुरका १८ बर्षीय सोनु गुरूङको सोमाबार बेलुकी मृत्यु भएको थियो । पीडित आफन्तले मंगलबार बेलुकी ४ बजेदेखि ५ बजेसम्म सडक खण्ड अवरुद्ध गरेका थिए ।

