२०८२ असार २७ गते शनिवार

बम हान्नेहरुनै संरक्षणको अभियान्ता बनेपछि…

सिसनिया,पुस १ । ‘उहिले हामीले पन्ध्र प्रजातिका माछा राप्ती नदिमा पाउथ्यौं, अहिले कम्तिमा पैचालिस प्रजातिका माछा, गंगटा र गोहि समेत हामीले राप्ती नदिमा पाउन सकेका छौं’, सिसहिनियाका वैठा माछा संरक्षण समितिका अध्यक्ष समेत रहेका पाटेश्वरी चौधरीले भने ।

उनलाइ स्थानिय समुदायले नागरीक वैज्ञानिक पनि भन्छन् । खासमा उनले जलचरका विषयमा आफ्नै शैलिले अध्ययन गरेका छन् ।

छोड्कि सिसहनियाकै चैनी कुमारी चौधरी पनि वाम माछा संरक्षण समितिकि अध्यक्ष हुन् । पछिल्लो दशक राप्तीमा माछाका प्रजातिहरु थपिंदै गएको उनको अनुभुति छ । उनीपनि माछा विज्ञनै हुन् । जैविक सन्तुलन मिलाएर उनको समुहले खोला र पोखरीमा माछा मार्ने गरेका छन् ।

भुरा माछा हतपती मार्दैनन्, अनि गर्भवती माछा(पेटमा अण्डा भएका) माछा पनि उनीहरुले शिकार गर्दैनन् । ‘सुरुमा त हामीलाइ थाहा थिएन, तर जैविक विविधता संरक्षण अभियानमा लाग्दालाग्दै हामीले दर्जनौं प्रजातिका माछा नदिमा देख्न पाएका छौं’, चैन कुमारीले भनिन् ।

पाटेश्वरी र चैन कुमारी त जैविक विविधता संरक्षणका प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरु जस्तै धेरै स्थानियबासीहरु जोडिएर मध्यवर्ति जलाधार क्षेत्र बनाएका छन् ।

पछिल्लो समयमा वातावरणिय सन्तुलन कायम राख्नकालागी युएस एडको सहयोगमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले राप्ती नदिलाइ केन्द्र बनाएर जलजंगल परीयोजना सन्चालन गरेपछि राप्तीबासीमा जैविक विविधता संरक्षणको चेतना जागेको छ ।

परियोजना सन्चालन भएपछि खोलामा वम हानेर माछामार्नेहरुनै अहिले जैविक विविधता संरक्षणका अभियन्ता बनेका छन् । यहि कारण अहिले राप्तीमा जैविक विविधता पुरानै स्थीतिमा फर्कन थालेको पनि विज्ञहरुको निश्कर्स छ । यसले पारस्थीतिय जैविक प्रणालिको पनि विकाश भएको स्थानियहरुको भनाइ छ ।

एक दशक अघिसम्मको दृष्टान्तलाइ केलाउने हो भने खोलामा माछा मार्नेहरु निकै निर्दयी हुन्थे । माछा मार्न विषादिको प्रयोग हुन्थ्यो । करेन्ट लगाएर पनि माछा मारीदै आएको हामीले देखेका छौं । खोला तथा नदिमा वम हानेर माछा मारेको पनि तथ्य सवै सामु छर्लङ छ । यी माछा मार्ने प्रविधिले माछाको वंशनै नास गरीरहेको थियो । भुरा माछादेखि गर्भवती माछा पनि विषदिको शिकार बन्थे ।

माछा मात्र होइन, यसरी माछा मार्दा अन्य जलचरहरु पनि धेरै विनास भएको अवस्थामा संयुक्त राष्ट्रसंघ सहयोग नियोग(युएसएआइडि)को सहयोगमा दाङलाइ केन्द्र बनाएर क्रियाशिल गैरसरकारी संस्था मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले पछिल्लो दशक यता जैविक विविधता संरक्षणको अभियान थालेको सो संस्थाका प्रमुख कार्यकारी निर्देशक प्रदिप मज्गैयाले बताएका छन् । यद्धपि युएसएडको परीयोजना भने अन्तिम चरणमा पुगेको छ ।

त्यसो त मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले जैविक विविधता संरक्षण संगै यो अभियानमा जोडिनेहरुलाइ स्वरोजगार र आयआर्जनकालागी समुह निर्माण गरेर केहि सहयोग पनि गर्दै आएको छ । कसैले माछापोखरी निर्माण गरेर व्यवसायीक रुपमा काम गरीरहेका छन् । कसैले समुह बनाएर तरकारी खेतीमा जोडिएका छन् त कसैले होमस्टे सन्चालन गरेका छन् ।

यी सवैमा मानव कल्याणको सराहनीय भुमिका रहेको वगरापुर होमस्टे सन्चालक समितिका अध्यक्ष प्रेृमलाल चौधरीले बताएका छन् ।

अहिले राप्ती गाउपालिका—६ सिसहिनियामा एउटा थारु होमस्टे सन्चालनमा छ । त्यहां कम्तिमा ८ वटा होमस्टेहरु सन्चालनमा आएका छन् । जम्माजम्मी ३० जना पाहुनालाइ रात बसाउने क्षमता उनीहरुसंग छ । यसमा पनि मानव कल्याणले एक एक वटा पलङको व्यवस्थापन गरीदिएको छ ।

‘हामीले परीयोजना सन्चालन भएका क्षेत्रका स्थानियलाइ आयआर्जनमा पनि जोडेर लैजान यो सहयोग गरेका हौं’, मानव कल्याणका सिइओ प्रदिप मज्गैयाले भने ।

यसैबीच मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले आइतवार सिसहिनियामा स्थलगत परीयोजना अनुगमन पनि गराएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा अनुगमनका क्रममा दुइ स्थानमा भिन्न भिन्न औपचारीक कार्यक्रमहरु पनि आइतवारनै सम्पन्न भएका छन् ।

अनुगमनका क्रममा मानव कल्याण तथा वातावरण केन्द्रका उपाध्यक्ष केदारराज श्रे्ष्ठ, निवर्तमान अध्यक्ष निर्मला गौतम, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सचिव माया पोख्रेल, कोषाध्यक्ष रिमा शर्मा, सदस्य विमला शर्मा, पत्रकार लिला शाह, दशरथ घिमिरे, छवि पुरी लगायत धेरै जैविक संरक्षण अभियन्ताहरुको सहभागिता रहेको थियो ।

अनुगमनपछिको परीयोजना अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले पारीस्थीतिय प्रयाालिको जगेर्ना गर्दै समग्र मानव समुदायको कल्याण गर्नकालागी वातावरणिय सन्तुलन कायम राख्नु अहिलेको प्रमुख आवस्यकता रहेको औल्याए । साथै उनले यो अभियान सधै गैरसरकारी संस्थाले मात्र निरन्तरता दिन नसक्ने भन्दै स्थानिय सरकारले यसको स्वामित्व लिन आग्रह गरे ।

‘भौतिक विकाश भन्दा पनि मानव संसाधन र पर्यावरणिय सन्तुलन कायम राख्ने विकाशलाइ सस्ंगसंगै लैजानु पर्दछ, यसमा आफुले पनि माथिल्ला तहहरुमा अर्थपुर्ण पहल गर्ने छु’, अनुगमन पछिको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शर्माले भने ।

अन्तरक्रिया कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संस्थाका उपाध्यक्ष केदारराज शर्माले जैविक विविधता संरक्षण पछिल्लो समयमा चुनौतिका रुपमा देखापरेको बताउदै यो विश्वव्यापी समस्यालाइ समाधान गर्न सवै सचेत हुनुपर्ने बताए ।
अवको लगानी भौतिक विकाशसंगै मानव कल्याणका सन्दर्भमा पनि जोडिनुपर्ने उनको अभिव्यक्ति थियो । कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *