२०८२ असार ३१ गते बुधवार

च्याउखोला नजिकै विङगर हायस दुर्घटना – २ जनाको मृत्यु, १२ जना घाइते

तुलसीपुर, पुस १ । दाङको लमहीमा यात्रुबहाक विङगर हायस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप १२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला नजिकै कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु १ज ४२९८ नम्बरको विङगर सोमवार विहान करिव ६ बजेतिर दुर्घटनामा परेको थियो ।

त्यो दुर्घटनामा परि कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका – ३ का ४२ बर्षीय पृथी थारु र ६० बर्षीया फूलसी थारुको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही अस्पताल पु¥याए लगतै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।
मध्यम अवस्थाका थप १२ जना घाइतेको लमहीमै उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।


तीब्र गतिको गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा सडकदेखि झन्डै ५० मिटर तल खसेको छ । गाडीमा जम्मा १४ जना सवार थिए । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालक कपिलबस्तुको शिवराज नगरपालिका – ५का ३२ बर्षीय अशोक कोइराला प्रहरी नियन्त्रणमा छन् । चालकसहित गाडीमा कुल १५ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु सबै बर्दियामा आफ्नो जातिको धार्मिक कार्यक्रममा जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

दुर्घटनाका घाइते सबै एकै ठाउँका हुन ।

१२ घाइतेहरुको नाम

१– कपिलबस्तु – ३ की ४५ बर्षीया मिथिला थारु
२– बर्ष ६५ की चेहली थारु
३– बर्ष ७७ की दर्सनी थारु
४ – बर्ष ६० की महङ्गी थारु
५– बर्ष ४० की सरिता थारु
६– बर्ष ५५ की रामपियारी थारु
७ – बष ४७ का रामचन्द्र थारु
८– ४५ का बुद्धि चौधरी
९ – बर्ष ४५ की फूलबजनी चौधरी
१० – बष ४५ की डुड्डी थारु
११ – कपिलबस्तु – ५ का बर्ष ३८ का बुद्धराम थारु
१२ – सोही ठाउँका बर्ष ३६का सरुेश यादव ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *