२०८२ असार २७ गते शनिवार

सल्यानमा १४ बर्षीया बालिका बलात्कार आरोपमा सुर्खेतका चन्द्र पक्राउ

दाङ, पुस १ । सल्यानमा १४ वर्षीया एक बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने युवक सुर्खेतका हुन ।

सल्यानकी १४ बर्षीया बालिकामाथि बलात्कार आरोपमा सुर्खेतको सिम्ता गाउँपालिका – ४ का १९ वर्षीय चन्द्रबहादुर परियार पक्राउ परेका हुन । चन्द्रलाई सल्यान प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।


सल्यानको वनगाड कुपिण्डे नगरपालिका – १ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको वनमाराको झाडीमा चन्द्रले ती बालिकामाथि जबरजस्ती बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका चन्द्रमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *