दाङ, मंसिर ३० । यो बर्ष सल्यानमा सुन्तलाको उत्पादन राम्रो भएको छ । गत बर्ष भन्दा उत्पादन उख्लेखिय मात्रामा बढ्ने अनुमान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी इश्वरी नारायण घर्तीले गत बर्ष भन्दा झन्डै दश प्रतिसत बढी उत्पादन भएको बताए । ‘सल्यानमा यो बर्ष सुन्तलाको उत्पादन राम्रो छ,’ उनले भने ‘ यो बर्ष झन्डै ३३ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।’
सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगँैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो । सुन्तलाको सबै भन्दा राम्रो उत्पादन कोटमौलामा हुने गर्छ ।
जिल्लामा यो वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा सुन्तालको खेती भएको थियो । त्यसबाट ७ हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । त्यो उत्पादनको अनुमानित उत्पादन ३३ करोड बढी हुने उनले बताए ।
गत वर्ष सल्यानमा एक हजार आठ हेक्टर क्षेत्रफलमा सुन्तला फलेको थियो । सुन्तलाबाट राम्रो आम्दानी हुँदै गएपछि किसान सुन्तला खेतीमा आकर्षित भएका छन् ।
सल्यानमा उत्पादित सुन्तलाको मुख्य बजार दाङको तुलसीपुर हो । दाङको घोराहीका साथै बाँकेको नेपालगञ्ज, धनगढीको महेन्द्रनगर र सुर्तेतमा पनि सल्यानको सुन्तला पुग्ने गर्छ ।
तस्बिर – गोपाल चन्द ।
