
तुलसीपुर, मंसिर ३० । तुलसीपुर नगर जेसिजको अध्यक्षमा सन्दिप भुसाल सर्वसम्मत रूपमा चयन भएका छन्
शुक्रबार जेसिजको सचिवालयमा बसेको सन २०२४ को अन्तिम बैठकले सन २०२५ का लागि भुसालको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो । तर, त्यसको निर्णय भने शनिबार मात्रै सार्वजनिक गरिएको हो । भुसाल यसअघि जेसिजको बोर्ड एडभाइजरी थिए ।
भुसाल नेतृत्वको कार्यसमितिको कार्यकारी उपाध्यक्षमा केशवराज न्यौपाने चयन गरिएका छन् । त्यस्तै उपाध्यक्षहरुमा धिरज बस्नेत, बसन्त योगी, सुरज केसी, विकासजंग मल्ललाई चयन गरिएको छ ।
त्यस्तै नगर जेसिजको सहसचिव पदमा सुदीप केसीलाई चयन गरिएको छ । यी बाहेक अन्य पदाधिकारी चयनको प्रक्रिया जारी नै रहेको अध्यक्ष भुसालले बताए ।
जेसिजले युवाको नेतृत्व र क्षमता बिकासमा भूमिका निर्वाह गर्दै आएको छ । जेसिजले सामाजिक कार्यपनि गर्दै आएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
