२०८२ कार्तिक २५ गते मङ्गलवार

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षमा निर्मला शर्मा निर्बाचित


दाङ,मंसिर ३० । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन्।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन्।

मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्।

मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।

अन्तिम मत परिणाम भने आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *