२०८२ कार्तिक २४ गते सोमवार

पूर्व राजा ज्ञानेन्द्र तुलसीपुरमा ‘होटल वष्टर्न प्यालेस’का कर्मचारीसंग साटे आत्मियता

तुलसीपुर, मंसिर २९ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार दाङको तुलसीुपरमा आए । तुलसीपुरमा आउना साथ शाहले बीरन्द्र चोकस्थित स्वर्गिय दाजु बीरेन्द्रको शालिकमा मार्यापन गरेपछि केही पूर्वको होटेल वष्टर्न प्यालेस पुगेका थिए ।

होटेलमा झन्डै आधा घन्टा जति समय बिताएका पूर्व राजा शाहले त्यहाँ कालो चिया मात्रै खाएको होटेलका एक जना सञ्चालक दुर्गा खड्काले बताए । पूर्व राजाले होटेलका सेफ, कर्मचारी र त्यहाँ उपस्थित सर्वसाधारण संग आत्मियता साटे । उनीहरु संग गफिय, फोटोहरु खिचाए । होटेलका सेफ संग आँफै अग्रसर भइ कु्रा गरे । सोधपुछ गरे ।

पूर्व राजा शाहले सेफलाई ‘यहाँ कति बर्षदेखि काम गर्दै आउनु भएको छ,’ भनेर सोधेका थिए । जबाफमा एक जना सेफले आँफुले तीन बर्षदेखि काम गर्दै आएको बताएका थिए । त्यसपछि पूर्व राजा ज्ञानेन्द्रले स्वएंम आँफैले यो पटक कालो चिया मात्रै पिएको भएपनि अर्कौ पटक आउँदा होटेल वष्टर्न प्यालेसमै खाना खाने प्रतिबद्धता जाहेर गरेका थिए ।

पूर्व राजा शाह होटेल वष्टर्न प्यालेसको प्राङगणमा उपस्थित सर्वसाधारणदेखि शुभचिन्तकहरु संग सरल रुपमा प्रस्तुत भएका थिए । उनले आँफै तपाँइहरु यसरी बस्नुहोस भन्दै सर्वसधारण संग बीचमा बसेर फोटो खिचेका थिए । त्यसपछि तुलीपुरका युवा चित्रकार पोषण बस्यालले कोरेको आफ्नो चित्र पूर्व राजा ज्ञानेन्द्र शाहले आँफै लिएका थिए ।

पूर्व राजाका शाह श्रीमति कोमल र छोरी प्रेरणाका साथ दाङको तुलसीपुर आएका थिए । बाँकेबाट दाङ उनी आँफैले गाडी चलाएर आएका थिए । पूर्व राजाले हाँकेको कारमा श्रीमति र छोरीपनि सवार थिए । पूर्व राजा तुलसीपुरमा आउँदा समर्थकहरु भेला भएका थिए । पूर्व राजा र राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए ।

तुलसीपुरबाट पूर्व राजा ज्ञानेन्द्र आँफै गाडी चलाएर घोराही तर्फ लागेका थिए । घोराही उपमहानगरपालिका – ५ धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पूजा आरधना गर्ने उदेश्यले पूर्व राजा ज्ञानेन्द्र घोराही गएका हुन । उनी घोराही हुँदै लमही पुगेर पूर्व पश्चिम राजमार्ग हुँदै फेरि बाँकेको नेपालगञ्ज तर्फ लाग्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र दाङमा आउँदा सवारी ब्यबस्थापनको संयोजक पूर्व सांसद गंगा चौधरीले लिएकी थिइन । तुलसीपुरका प्रेम शाह सवारी उपसंयोजक थिए । पूर्व सांसद चौधरी बिगतमा थरुहट तराइ पार्टीका तर्फबाट दोस्रो संविधानसभामा समानुपातिक सांसद बनाइएकी थिइन । त्यसपछि उनी नेकपा एमालेमा प्रबेश गरेकी थिइन ।

गंगा २०७९ मंसिरको संसदीय निर्वाचनमा टिकट नपाएपछि बिद्रोह गरि दाङको क्षेत्र नं. १ मा लौरो चुनाव चिन्हबाट उम्मेदवार बनेकी थिइन । नेकपा (एकीकृत समाजबादी) का नेता मेटमणि चौधरी बिजय भएका थिए ।

गंगा एमाले नेतृ शान्ता चौधरीको बिरोधमा मैदानमा उत्रिएको भन्दै पार्टीले उनलाई कारबाही गरेको थियो ।

सबै तस्बिरहरु – फरककोण परिवार ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *