२०८१ माघ १० गते बिहिवार

रनियाँपुरका अशोक बिश्वकर्मा एमबिबिएसमा भर्ना भए

तस्बिर : फरककोण

तुलसीपुर, मंसिर २७ । दाङको तुलसीपुर उपमहानगरपालिका – १३ रनियाँपुरका १९ बर्षीय अशोक बिश्वकर्माले सरकारी कोटामा आवाशिय सुबिधासहितको पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल भएका छन् । उनी एमबिबिएसमा भर्नापनि सकेका छन् ।


बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा धरानमा गइ भर्ना गरि सकेको अशोकले फरककोणलाई बताए । उनको एमबिबिएको कक्षा सुरु भने पुस अन्तिमबाट हुने भएको छ ।

रनियाँपुरस्थित गाउँकै सरकारी बिद्यालयमा पढेका अशोक कहिलै दृतिय भएनन् । कक्षा १० सम्म प्रथम भएका बिज्ञान पढ्न घोराहीस्थित पद्मोदय पब्लिक माध्यामिक बिद्यालयमा भर्ना थप अध्यन गरेका थिए ।

कक्षा ११ भने उनी दृतिय भएका थिए । त्यसपछि सरकारी कोटामा आवाशिय सुबिधासहित निशुल्क नाम निकाल्नका लागि परीक्षा दिएका अशोकले पूर्ण रुपमा एमबिबिएस पढ्न नाम निकाल्न सफल भएका थिए ।

अशोक चित्रबहादुर बिश्वकर्मा र तारादेबीका माहिला छोरा हुन । अशोकका दाजु प्रदीपले पनि बिए उत्तीर्ण गरि यतिखेर लोकसेवाको तयारी गरि रहेका छन् । तीन दाजु भाइ मध्य कान्छा हिक्मतले पनि बिज्ञानमा १२ उत्तीर्ण गरि एमबिबिएस पढ्न लागि छात्रबृत्ती प्राप्त गर्नको लागि तयारी गरि रहेको फरककोणलाई बताए ।

एमबिबिएस अध्यनका लागि सरकारले दिएको सुबिधालाई भरपुर सदुपयोग गरि अध्यन गर्ने र अबको पाँच बर्ष भित्र एमबिबिएस डाक्टर बनेस सेवा दिने चाहाना उनले ब्यक्त गरे ।

यतिखेर माइलो छोराले एमबिबिएस पढ्न लागि पूर्ण रुपमा छात्र बृत्तीमा नाम निकाले पछि धेरैले आँफुहरुलाई पनि बधाइ दिन थालेको बुवा चित्रबहादुरले फरककोणलाई बताए ।


सामान्ने किसान परिवारमा जन्मिकएका तीनै दाजु भाइको मेहनत र प्रगती देखेर उनीहरुका शिक्षक, आफन्त, शुभचिन्तकपनि खुसी छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *