तुलसीपुर, मंसिर २७ । अन्धोपन न्यूनीकरण लागि शिक्षकहरुलाई आँखा स्वास्थ्य शिक्षार । ऐरावती गाउँपालिका भित्रका शिक्षकहरुलाई आधारभूत आँखा स्वास्थ्य तालिम तथा आँखा स्वास्थ्य सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजना तथा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम तथा अन्धोपन न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएकोहो ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाको अध्यक्षता तथा ऐरावती गाँउपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले आँखा जस्तो महत्वपूर्ण अंगको बारेमा शिक्षकहरुलाई तालिम दिई उनीहरुलाई सचेतना दिने काम अस्पतालले दिएको भन्दै यसले गर्दा अन्धोपन न्यूनिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
“ बालबालिकाहरुको आँखाको सुरक्षा तथा दृष्टिविहिन्ता न्यूनिकरण गराउनमा शिक्षकहरुको पनि भुमिका महत्वपूर्ण हुन्छ उनीहरुको समयमै दृष्टि जाँच गरि उपचारका लागि सम्वन्धीत ठाउँमा पु¥याउन सहयोगी भुमिका शिक्षकले खेल्नु पर्छ उनले भने ।”
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले शिक्षकहरुले आँखा स्वास्थ्य सम्वन्धी सचेतनाका साथै अन्धोपन न्यूनिकरण सहयोगी भुमिका खेल्ने भन्दै तालिम उपयोगी हुने बताए । कार्यक्रममा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख यम प्रसाद पाण्डेले आँखा स्वास्थ्य शिक्षालाई प्रभावकारी गराउन र बालबालिकामा हुने दृष्टी दोशको न्यूनिकरण गर्न आफुहरुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले कार्यक्रमको उद्देश्य लक्ष्यको बारेमा जानकारी गराएका थिए । थापाले अस्पतालले अन्धोपन न्यूनिकरणका लागि विभिन्न कार्यक्रम तथा स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयमसेबिका,शिक्षक,विद्यार्थी,धामी झाक्री,पत्रकारहरुलाई समेत आँखा स्वास्थ्य शिक्षा तालिमहरु प्रदान गर्ने र जनप्रतिनिधिहरु संगपनि अन्धोपन न्यूनिकरणका लागि छलफल तथा साझेदारीका लागि विभिन्न कार्यक्रम गर्ने गरेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासक थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले दिएको सेवा र भावि कार्यक्रम तथा आँखा स्वास्थ्य नीतिको विषयमा जानकारी गराए। ऐरावती गाउँपालिका भित्रका शिक्षकहरुको सहभागीता रहेको तालिममा तालिमका प्रमुख प्रशिक्षक बाह्ेय कार्यक्रम संयोजक विमल घिमीरेले स्वस्थ आँखा, आँखाको हेरचाह, आँखामा लाग्ने प्रमुख रोग, त्यसको उपचार आँखामा रोग लागेपछि ध्यानदिनुपर्ने कुरा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै विद्यालय शिक्षकहरूलाई स्वस्थ र अस्वस्थ आँखा छुट्टाउन सक्ने , अस्वस्थ पहिचान भएमा रिफर गर्न सक्ने र दृष्टि क्षमताको मापन गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । पहिलो पटक आधारभुत आँखा स्वास्थ्य शिक्षा आफूहरूले पाएको भन्दै शिक्षकहरूले आँखा सम्बन्धी सचेतना आफूहरूले अरुलाई दिने बताएका थिए ।
सूचना अधिकारी बालाराम खड्काको सहजिकरण रहेको कार्यक्रममा आपूर्ति व्यवस्थापन अधिकृत मिना थापा,छन्द कालेबाबु नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक हरिबहादुर भण्डारीलगायतको सहभागीता रहेको थियो ।