२०८१ माघ १० गते बिहिवार

जिप दुर्घटनामा परि पाँच जनाको मृत्यु , दुई जना घाइते

दाङ, मंसिर २७ । जाजरकोटमा बुधबार राति भएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। थप दुइ जना घाइते छन् ।


दुर्घटनामा परि नलगाड नगरपालिका–३ की ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका, रोकाकी एक महिनाका छोरा आलोचन रोका, चालक ३१ बर्षीय इन्द्रजित थापा र ६५ बर्षीया शिला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।


दुर्घटनामा परि थप दुई जना घईते भएका छन । नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षीय जीवन विक घाइते भएका छन् ।
घाइतेमध्ये जनक थापाको उपचार जारी छ भने जीवन विकको अवस्था सामान्ने रहेकोले उनी उपचार पछि घर फर्किएका छन् ।


जिल्लाको नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा तर्फ जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक बुधबार राति ११ बजेतिर दुर्घटनामा परेको थियो ।


राति अबेर प्रहरीले सबै घाइतेलाई उद्धार गरि दल्लीस्थित नगर अस्पतालमा पु¥याउनासाथ चिकित्कले पाँचै जनालाई मृत घोषणा गरेका थिए ।
ब्रेक फेल भइ जिप सडकबाट करिब ८०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *