दाङ, मंसिर २७ । ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पाको सुनछहरी गाउँपालिका – ३ मौलावाङका ३३ बर्षीय बर्मान बुढा मगर भिरमा मृत अवस्थामा फेला परेका हुन ।
ट्रयाक्टर चालक साढे दुई सय मिटर मुनि भिरमा मृत अवस्थामा फेला परेका थिए । उनले चलाउने ट्रयाक्टर भने तीन सय मिटर मुनि खोलामा खसेको अवस्थामा फेला परेको
मंगलबार राति स्थानीय डाङ्जास्थित कच्ची सडक खण्डको भित्रीगामबाट बाहिरीगाम तर्फ जाँदै गरेको रा १ त ४१९८ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । त्यो दुर्घटनामा चालक भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
ट्रयाक्टर मंगलबार राति सवा ९ बजेतिर दुर्घटनामा परेको थियो । प्रहरीलाई राति साढे दश बजेतिर त्यसबारे सूचना प्राप्त भएको थियो । प्रहरी चौकी गाममा स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थमा गएको थियो ।