२०८१ माघ ९ गते बुधवार

राजेन्द्र, जस्को प्रयासले शवदाह स्थल निर्माणको प्रक्रिया सुरु भयो


तुलसीपुर, मंसिर २५ । गरे के हुँदैन ? युवा कम्मर कसेर सामाजिक कार्यमा लागेपछि धेरै सकारात्मक परिनामहरु निस्किएका उदाहरण थुपै छन् ।


तुलसीपुर उपमहानगरपापलिका – ३ राना गाउँका राजेन्द्र महतराले चार महिना अघि आफ्नो ठाउँमा शबदहा स्थल बनाउने अठोट लिए । त्यही उदेश्यले भदौ तिर राजेन्द्रले आफ्नो सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखे । ‘जति कमाएपनि अन्तिमा सबै जाने ठाउँ त्यही हो,’ राजेन्द्रको स्ट्याटसको आशय थियो ‘ आउनुहोस हातेमालो गरौं र ब्यबस्थित शवदाह स्थल निर्माणमा साझेदारी गरौं ।’

तुलसीपुरमा ‘द पार्क क्याफे’का सञ्चालकसमेत रहेका युवा राजेन्द्रको अभियानमा हातेमालो गर्न दर्जनौं युवा तयार भए ।
राजेन्द्रको अभियानमा रानागाउँका भूपु आर्मी खेमबहादुुर सेजवालले ५० हजार दिए । स्थानीय लालबहादुर महतराले २६ हजार पाँच सय ५५ , हाल तुलसीपुर – ६ घर भइ हाल अमेरिका बस्दै आएका शोभाराम वलीले २५ हजार, तुलसीपुर – ४ आँखाअस्पताल नजिक घर भइ हाल अमेरिका बस्दै आएका मनोज खड्काले २१ हजार सहयोग दिए ।

त्यस्तै तुलसीपुर – ४ खाद्रे घर भइ हाल कुबेतमा बस्ने इश्वरीप्रशाद बुढाले २१ हजार, घोराही घर भइ हाल अष्ट्रेलिया बस्दै आएका प्रकाश भट्टराइले २० हजार पाँच सय ५५ रुपैैंया सहयोग गरे ।
हालसम्म ४४ जनाबाट साढे ६ लाख बढी रकम संकलन भइ सकेको अभियान्ता राजेन्द्रले फरककोणलाई बताए ।
यति रकम जम्मा भइ सकेपछि अब शबदाह स्थल निर्माण गर्ने अभियान पुरा हुने निष्कर्षका साथ काम सुरु भइ सकेको छ । सोमबार मात्रै अभियान्ता राजेन्द्रले तुलसीपुर – ३ लाहुरेचौरस्थित पातुखोलामा सतिघाट शबदाह स्थलको आँफै शिलन्यास गरेका छन् । अबको दुई महिना भित्रै शबदाह स्थल निर्माण गरि सक्ने उदेश्य लिइएको छ ।
यो शबदहा स्थल निर्माणका झन्डै दशदेखि १२ लाखसम्म खर्च लाग्ने स्टिमेट छ । यतिखेर स्थानीयदेखि देश बिदेशवाट अझैं सहयोग स्वरुप पैंशा जम्मा हुने क्रम जारी रहेको अभियान्ता राजेन्द्रले बताए ।
‘ चाहिएको जति पैंशा सजिलै उठ्छ,’ उनले भने ‘ अहिले पनि बिभिन्न ब्यक्तिहरुले सहयोग पठाइ रहनु भएको छ ।’
सतिघाट शबदाह स्थल निर्माण पुरा भएमा राना गाउँ र हरेबास क्ष्ोत्रका झन्डै साढे दुई सय घर परिवारका स्थानीयलाई मानिसको मृत्यु पछि अन्तिम संस्कार गर्न सहज हुने राजेन्द्रले बताए ।
आँफुहरुको कामलाई साथ समर्थन र हौसला दिने सबैलाई उनले धन्यबाद दिएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *