काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसले गण्डकी प्रदेशको समानुपातिका सांसदमा नेतृ सुनिता थापालाई पठाउने निर्णय गरेको छ।
प्रदेश सांसद विमला गौचन थकालीको निधन पछि रिक्त रहेको समानुपातिकतर्फको पदमा कांग्रेसले थापालाई पठाउने निर्णय गरेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्याङ्जाकी थापालाई रिक्त सांसद पदमा पठाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने निर्णयपनि गरेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार