दाङ, मंसिर २२ । कपिलबस्तुमा तीब्र गतिको बसले कारलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । थप ११ जना घाइते छन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला –७ का ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको छ ।
सारुको मेडिकल कलेज भैरहवा र सार्कीको कपिलबस्तु जिल्ला अस्पताल तौतिहवामा उपचारका क्रममा दिउँसो मृत्यु भएको थियो ।
बस, कार र मोटरसाइकलमा सवार थप चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घायते हुनेहरुमा मोटरसाइकल चालक कपिलबस्तु बुद्धभूमी नगरपालिका – १० पिपरहवाका ५५ बर्षीय रामदास कुर्मी, मोटरसाइकलको पछाडि सवार ५३ बर्षीया मञ्जुकुर्मी, बसमा रुपेन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका – ६ का २१ बर्षीय यमा मुदिन मुसनमान र कारमा सवार दाङको राप्ती गाउँपालिका – ८ बिजौरीका ४९ का गिरबहादुर घर्ती मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रबक्ता माधव विश्वकर्माले जानकारी दिएका छन् ।
घाइते मध्य गरिबहादुर घर्ती मगरको मेडिकल कलेज भैरहवामा र अन्य तीन जनाको सिटी अस्पताल भैरहवामा उपचार जारी रहेको छ । थप सात जना सामान्ने घाइते छन् । उनीहरुको भैरहवाका विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३ को गुलरीमा तीब्र गतिको बस अनियन्त्रित भइ कारलाई ठक्कर दिएको थियो ।
त्यसपछि कारमा मोटरसाइकल ठोक्किएको थियो । सुरुमा भैरहवादेखि तौलिहवा आउँदै गरेको लु २ ख २३१ नम्बरको तीब्र गतिको बस अयिनन्त्रित भइ तौलिहवाबाट भैरहवा जाँदै गरेको बा १४ च ७४४८ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
त्यसपछि कारसंग लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । यो दुर्घटना शनिबार बिहान ८ बजेतिर भएको थियो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।