तुलसीपुर ,मंसिर २२ । तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएपछि तुलसीपुर नगर जेसिजले शौचालय निर्माण गर्ने भएको हो ।
शौचालय निर्माणको शनिबार शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य दिपक गिरीले उक्त शौचालयको शिलान्यास गरेका हुन ।
उनले शौचालय निर्माणमा तुलसीपुर नगर जेसिजले अग्रणी भूमिका खेलेकोमा प्रशंसा गरे ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष पुर्ण बिक्रम डाँगीले मैदानमा शौचको समस्या रहेकोले जेसिजले शौचालय निर्माण गर्न थालेको बताए ।
अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गर्ने बताए ।
शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाखमा शौचालयको निर्माण हुने बताए ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले शौचालयमा पानीको अभाव हुन नदिने बताए ।
साथै अरनिको खेल मैदानमा शौचालय निर्माण हुने भएपछि खेलाडीहरुलाई शौचालयको समस्या सहज हुने अपेक्षा गरिएको छ ।