तुलसीपुर, मंसिर २१ । तुलसीपुरबाट पाँच जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको बिषेश टोली र इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त टोलीले तुलसीपुरबाट बिहीबार बेलुकी पख उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले पाँच जना ब्यक्ति जुवा खेलिरहेको अवस्थामा फेला परेको तथा उनीहरुको साथ वाट ९२ हजार नगद बरामद भएको जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घोराही म्याद थपका लागि लैजान लागेको र म्याद थप पछि उनीहरुलाई सार्वजनिक गर्ने इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
प्रहरी स्रोतका अनुसार तुलसीपुर उपमहानगरपालिका – ६ बाट उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार