२०८३ कार्तिक २३ गते आइतवार

२ बर्षसम्म निशुल्क पढाएका शिक्षक भट्टराईलाई सम्मानित


दाङ, असार ४ । बिगत २ बर्षदेखि सामुदायिक विद्यालयमा निशुल्क पढाएका शिक्षक नारायण भट्टराईलाई सम्मान गरिएको छ। शिक्षक भट्टराईले तुलसीपुर उपमहानगरपालिका वडा न. ९ स्थित माबि दोघरेमा दुई वर्षसम्म कक्षा १० सम्म निशुल्क बिज्ञान विषय पढाएका थिए ।

त्यसैको कदर गर्दे बुधवार तुलसीपुरको वडा. ९ को ज वडा भेलामा भट्टराईलाई सम्मान गरिएको हो । गरिव, बिपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने मावि दोघरेमा कक्षा १० सम्म कक्षा चलाउने सर्तमा उनले दुई वर्ष निशुल्क अध्यापन गरेका थिए । शिक्षक भट्टराईले बैकल्पिक शिक्षकको ब्यबस्था नहुदासम्म निसुल्क पढाएका हुन ।

निजी विद्यालयमा पढाउने र नाम चलेका शिक्षकले निशुल्क पढाइ दिदा विद्यार्थीमा उत्साह थपिएको थियो । कार्यक्रममा वडा न. ९ का अध्यक्ष घनश्याम ढकाल, मेयर साप घनश्याम पाण्डे, माबि दोघरेका प्रधानाध्यापक घनश्याम आचार्य, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले दुई वर्ष निशुल्क शिक्षा प्रदान गरेकोमा शिक्षक भट्टराईलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *