तुलसीपुर, मंसिर १२ । बस दुर्घटनाकी एक जना घाइतेको उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १८ की ३२ बर्षीया इन्द्रा थापाको उपचारका क्रममा आइतबार बेलुकी साढे ७ बजे नरसिंह होम नेपालगञ्जमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले उपचारका थापाको मृत्यु भएको जानकारी दिए ।
घोराहीबाट तुलसीुपर तर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीको डाँडागाउँ नजिक सडक किनारमा पल्टिएको थियो । त्यो बस दुर्घटनामा २१ जना घाइते भएका थिए ।
प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार