२०८१ माघ ९ गते बुधवार

रोल्पामा एकै घरका चार जनासहित पाँच जनाको मृत्यु

दाङ, मंसिर १६ । रोल्पामा आइतबार बिहान झुलुंगे पुल निर्माणको काममा खटिएका एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ ।


रोल्पाको सुनछहरी गाउँपालिका – ३ बाहिरी गामका ५६ बर्षीय ओखवीर दमाइका अनुसार उनकी कान्छी श्रीमति ४० बर्षीया सुबित्रा परियार, माइलो भाइ ४५ बर्षीय दुजमान परियार, कान्छो भाइ ३१ बर्षीय ओम परियार र माइलो भाइ दजुमानको छोराको बुहारी २७ बर्षीया आइती भनिने गुठी परियारको मृत्यु भएको छ ।

झुलुङ्गे पुल निर्माणको काममा खटिएका एकै घरका परिवारका चार जनाको आइतार बिहान ९ ः ५० बजेतिर पर्खाल भत्किएपछि माटोको ढिस्कोले पुर्दा एकै साथ मृत्यु भएको हो । ओखवीर दमाइका अनुसार सोही घटनामा ज्यान गुमाएका स्थानीय ६६ बर्षीय देविराम परियार नाताले उनका भिनाजु हुन ।


एकै घरका चार सदस्यका साथै एकै ठाउँका पाँच जनाको मृत्यु पछि सुनछहरी गाउँपालिका – ३ बाहिरी गाम शोकमा डुवेको छ ।

आइतबार बिहान ९ ः ५० तिर जिल्लाको सुनछहरी गाउँपालिका – ३ गाममा निर्माणाधिन झुलुङगे पुलको खाल्डो खनेर पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आइ भत्किदा त्यसैले पुरेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकरी दिएको छ ।

गाममा मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ । झुलुंगे पुल निर्माणको काम एल . बी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले लिएको छ ।


प्रहरी चौकी गाममा घटनाबारे बिहान १० ः २० मा स्थानीयले सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी टोलीले १० ः ३५ मा एकै घरका चार जनाको शब निकालेको थियो ।

दिउँसो १ बजेतिर मात्रै ६६ बर्षीय देविरामको शब प्रहरीले निकाल्न सकेको थियो । पुल निर्माणमा सात जना खटिएको र दुई जना भाग्न सफल भएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *