२०८२ असार २७ गते शनिवार

उपनिर्वाचन : मध्यान्ह १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान

काठमाडौं,मंसिर १६ । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पाँच घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ ।

यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *