२०८१ माघ १० गते बिहिवार

झुलुङ्गे पुलको पर्खाल भत्किदा पाँच मजदुरको मृत्यु

दाङ, मंसिर १६ । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा रिटेलिङ वाल भत्किएर पाँच जनाको मृत्यु भएको छ ।
दुई महिला र तीन पुरुषको शव निकालिएको छ ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले चार जना मृतकहरुको पहिचान खुली सकेको फरककोणलाई जनाकारी दिए ।


शाहीका अनुसार माथिवाट वाल भत्किएपछि सुनछहरी – ३ बाहिरी गामका ४५ बर्षीय दुजमान परियार, ३१ बर्षीय ओम परियार, ४० बर्षीया सुबित्रा परियार, २७ बर्षीया आइती परियार र अर्का मृतक स्थानीय ६६ बर्षीय देविराम परियारको मृत्यु भएको छ ।


पुल निर्माणमा सात जना खटिएको र दुई जना भाग्न सफल भएको शाहीले बताए । आइतबार बिहान ९ ः ५० तिर जिल्लाको सुनछहरी गाउँपालिका – ३ गाममा निर्माणाधिन झुलुङगे पुलको रिटेलिङवाल भत्किदा त्यसैले उनीहरुलाई पुरेको थियो । त्यहाँ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *