तुलसीपुर,मंसिर १६ । ‘विसं २०६८ शालमा तात्कालिन पर्यटन मन्त्री म लोकेन्द्र विष्ट र संविधानसभाका सभामुख स्वर्गिय सुवास नेम्वाङ काठमाण्डौबाट हेलिकोप्टरबाट पश्चिम जांदै थियौं ।
त्यहि क्रममा तुलसीपुरको टरिगाउँ विमानस्थलबाट कुनै माननियलाइ पिकप गर्नुपर्ने भएकाले हामी तुलसीपुरको टरीगाउ विमानस्थलमा ल्याण्ड गयौं । विसं २०११ शालमा सन्चालनमा आइसकेको एयरपोर्ट अझै घासे मैदान थियो, हामीलाइ लाग्यो, यसलाइ कालोपत्रे गर्नुपछ भन्ने । काठमाण्डौ पुगेपछि प्रक्रिया सुरु भयो र कालोपत्रेको काम पनि भयो ।’
टरिगाउँ विमानस्थल कालोपत्रे भएको स्मरण गर्दै पुर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट सम्झन्छन् । सायद त्यो वेला एयरपोर्ट कालोपत्रे गर्न ११ करोड रुपैया खर्चिएको थियो ।
त्यो वेला टरिगाउँ विमानस्थलको स्तरबृद्धिकालागी कालोपत्रे गर्ने र रनवेको एलाइन्मेन्ट डिजायन गर्न तात्कालिन नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर प्रदिप अधिकारी आएका थिए ।
उनले यस्तो एलायन्मेन्टमा डिजाइन गरेकी यो विमानस्थलको रनवे बृद्धि गर्न यहि एलाइनमेन्टमा नसकियोस । किनकि प्रदिप त्यो वेलादेखिनै भैरहवा र नेपालगन्जका राजनेता तथा व्यापारीको इसारामा चल्थे ।
उनीहरुकै इसारामा सकेसम्म टरिगाउँको विमानस्थलको स्तरबृद्धि सानोतिनो बजेटले हुन नसकोस भनेर डिजाइन भयो । सायद यो कुरा तुलसीपुर उद्योग वाणिज्य संघका तात्कालिन अध्यक्ष विमल रिजाललाइ पनि जानकारी थियो ।
उनै प्रदिप अधिकारी अहिले नागरीक उड्ययन प्राधिकरणको डिजि छन् । र उनको नेपालगन्ज र भैरहवाको एयरपोर्ट मोह अझै गाढा थियो । त्यसैले टरिगाउँ विमानस्थललाइ हतपती स्तरबृद्धि भएको उनी देख्न चाहन्नन् ।
यहि कारण नागरीक उड्ययन प्राधिकरण अझै पनि तुलसीपुरको टरीगाउ विमानस्थलको धावनमार्गको रनवे बृद्धि गर्न सकारात्मक छदै छैन । ‘जवसम्म प्रदिप अधिकारी नागरीक उड्ययन प्राधिकरणको नेतृत्वमा रहन्छन् उनले टरिगाउँ विमानस्थलको स्तरबृद्धि गर्न सकारात्मक होलान भन्ने विषयमा हामीलाइ शंका छ’, टरिगाउँ विमानस्थललाइ विगत लामो समयदेखि नियाल्दै आएका तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विमल रिजाल भन्छन् ।
यो वियायमा यहांका राजनेताहरु पनि गम्भीर हुनुपर्ने पनि रिजालको तर्क छ । ‘त्यो वेलानै धावन मार्गको लम्वाइ बढाउन सकिने गरी आफुहरुले इन्जिनियर अधिकारीलाइ पटक पटक आग्रह गरेपनि आफुहरुको कुरा उनीबाट सुनुवाइ नभएको पनि रिजाल बताउछन् ।
‘धावनमार्गको यस्तो एलाइन्मेन्ट डिजायन गरीदिएकि जताबाट पनि धावनमार्गको चौडाइ बृद्धि हुन नसकोस्, अर्थात रनवे बढाउनकालागी फेरी जग्गा व्यवस्थापनको कुरा उठोस’, तुलसीपुर उद्योग वाणिज्य संघकै अर्का पुर्व अध्यक्ष रामप्रसाद चालिसेको तर्क छ । तर यहांबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु यो विषयमा जानकार छैनन् ।
टरिगाउँ विमानस्थलको धावनमार्गको लम्वाइ अहिले ७ सय ५० मिटर मात्र रहेको छ । यसमा १६ सिटे ट्वीनटर मात्र अवतरण गर्न सक्छ । ठुला जहाज अवतरणका लागि कम्तिमा पनि १२ सय मिटर लम्वाइको धावन मार्ग निर्माण गर्नुपर्ने नागरीक उड्ययन प्राधिकरणका प्राविधिकहरुको भनाइ छ ।
तर यति लम्वाइ पु¥याउनकालागी धावनमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नु पर्ने छ । एलाइनमेन्ट परीवर्तन गर्दा एयरपोर्टलाइ पुनः कालोपत्रे गर्नुपर्ने अवस्था पनि प्राधिकरणका प्राधिकरणले बताउदै आएका छन् । यसका लागि ठुलो चिरो भाट्नुपर्ने तथा थप जग्गा अधिग्रहण गर्दा तीन अर्ब रुपैया सम्म बजेट लाग्ने पनि प्राविधिक अनुमान पछि एयरपोर्ट स्तरबृद्धिको काम प्रचारात्मक अभियानमा मात्रै सिमित रहेको छ ।
खास प्राविधिक समस्यामा यहांका राजनेताहरु सायद जानकारीनै नभएको अनुभुति भैरहेको तुलसीपुरका एक ब्यबसायीले बताए ।
उनै प्रदिप अधिकारी अहिले नागरीक उड्ययन प्राधिकरणको डिजिको हैसियतमा फेरी भैरहवामा पनि विवादमा तानिएका छन् । उनले विवादास्पद अभिव्यक्ति दिएपछि लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ठाडो चुनौति पनि दिएका छन् । महांनिर्देशक अधिकारीले शुक्रवार भैरहवामा आयोजित एक कार्यक्रममा भैरहवामा अन्र्तराष्ट्रिय विमानस्थल चल्दैन भनेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा दिएको अभिव्यक्तिप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा संघीय सांसदहरुले आपत्ती जनाएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालनको विषयमा विहिबार साँझ भैरहवामा आयोजित कार्यक्रममा बोल्ने क्रममा महानिर्देशक प्रदीप अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानहरुका लागि बजार नभएकाले यसलाई आन्तरिक विमानस्थल बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
‘भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबै क्यान अन्तर्गतकै भएकाले काठमाडौं आउने जहाज घटाएर भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सकिएला तर, बजारका हिसाबले हेर्ने हो भने काठमाडौंबाहेक अर्को विमानस्थल चल्न सक्दैन यही सत्य हो,’ महानिर्देशक अधिकारीले भने ।
उनले यति अभिव्यक्ति दिइरहंदा क्यानकै प्राविधिक सुपरीवेक्षणमा भैरहवामा अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको विषयलाइ विर्से । अहिले विभिन्न पाँचवटा विमान कम्पनीले भैरहवाबाट सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको तर, यात्रु नहुँदा कतिपय विमानहरु भैरहवामा अवतरण र उडान मात्र गर्दै आएकाले यो विमानस्थल चल्न नसक्ने बताएका थिए ।
महानिर्देशक अधिकारीले अहिले सधैभरी घाटा खाएर विमानस्थल सञ्चालन नहुने बताएर कार्यक्रमबाट बाहिरिएका थिए ।
अधिकारीको अभिव्यक्तिलाइ लक्षित गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले बनाएको कार्ययोजनालाई खण्डित हुने गरी बोल्ने अधिकार सरकारी निकायमा रहेका कुनैपनि कर्मचारीलाई नभएको भन्दै जनतालाई निराशा बनाउने खालका अभिव्यक्ति बन्द गर्न सचेत बनाए ।
सरकारले आवश्यकता देखेर भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको र यसको संचालनका लागि पनि कार्ययोजना बनाइरहेको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिले नै नकारात्मक अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका थिए ।
यस्ता विवादास्पद अभिव्यक्ति मुख्यमन्त्रीकै सामु खुलेआम बोल्ने क्यानका डिजी टरिगाउँ विमानस्थलप्रति पनि सकारात्मक नभएको व्यवसायीहरुले बताएका छन् । उनी क्यानको नेतृत्वमा रहेसम्म टरिगाउँ विमानस्थलको स्तरबृद्धि असम्भव रहेको पनि व्यवसा िदिर्घामा यतिवेला चर्चामा छ ।

