२०८१ मङ्सिर १९ गते बुधवार

रुखबाट लडेर गम्भीर घाइते सुनाको उपचारको क्रममा मृत्यु


तुलसीपुर,मंसिर १४ । दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहिवार बिहान रुखबाट लडेर गम्भिर घाईते भएका तुलसीपुर -७ तमाखे निवासी ५६ वर्षिय जेम बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।

उनी घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा रुखको हाँगा भाचिएर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते सुनारलाई तत्कालै राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पताल पुर्याए लगत्तै सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक सुनारले अटो चलाएर परिवारको दैनिकी चलाउँदै आएका थिए । उनका श्रीमती र ४ छोरीहरु छन् । कान्छी छोरी भने भर्खरै डेढ महिना मात्र भएकी छिन् ।।
सुनारको शुक्रबार बिहान तुलसीपुर – ७ स्थित रानिघाटमा अन्तिम दाह संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *