२०८२ कार्तिक २९ गते शनिवार

रबिलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

दाङ, मंसिर ९ । रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर रहकारीे रकम ठगी र अपचलन बारे अनुसन्धान गर्न अनुमती प्रदान गरेको हो ।

रबिमाथि सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइ रहेको छ ।

रबि कात्तिक २ गते पक्राउ परेका थिए ।
यो बीचमा रबिलाई रूपन्देही लगेर पनि बयान लिइएको थियो । उनका बिरुद्ध पछिल्लो समय काठमाडौं जिल्ला अदालत र चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइ सकेको छ ।

काठमाडौंमा तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेललाई काठमाडौं लगर बयान लिइएको थियो । काठमाडौंबाट छबिलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता ल्याइएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *