२०८२ मङ्सिर १ गते सोमवार

पढ्ढा बाट १ लाख बढी रकमसहित ८ जुवाडे पक्राउ

तुलसीपुर, मंसिर ८ । दाङ तुलसीपुरको पढ्ढा बाट एक लाख बढी रकमसहित आठ जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ६ का ५९ बर्षीय चेतलाल बुढाथोकीले तुलसीपुर – १० स्थित पढ्ढा गाउँमा स्थानीय पत्तु चौधरीको घरमा कोठा भाडामा लिएर जुवा खेलाउँदै आएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा गएको बिहीबार राति ११ बजेतिर छापा हानेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तुलसीपुर – ६ का ५९ बर्षीय चेतलाल बुढाथोकी, सोही ठाउँका ४० बर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ बर्षीय तिलक केसी, सोही ठाउँका ४३ बर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ बर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ बर्षीय तिलकराम चौधरी र ४५ बर्षीय कर्ण चौधरी रहेका छन् ।

उनीहरुको साथबाट एक लाख ११ हजार सात सय दश रुपैंया बरामद भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।
जुवाको खालवाट प्रहरीले कौडा र तासहरु बरामद भएको जानकारी दिएको छ ।


पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ । जुवा ऐन अन्तरगत मुद्दा चलाएर उनीहरु माथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *